दफा १६
बीमकको खारेजी पश्चात विमाको दावी भुक्तानी
दफा १३ बमोजिम दर्ता खारेजीको कारणले विघटन भएका बीमकले विमा बापत प्राप्त गरेको रकम समितिले तोकेको अवधि भित्र र तरिका बमोजिम जीवन विमाको सम्बन्धमा समितिले तोकिदिए बमोजिमको बोनस सहित साँवा र निर्जीवन विमाको सम्बन्धमा दामासाहीले समितिले तोकेको साँवा रकम विमा लिने व्यक्ति संस्था वा समितिलाई फिर्ता गर्नु पर्नेछ ।